Monday, 12 August 2013

पहाड़ सितै डुवार्स पनि अशान्त हुने सम्भावना

12 August'13 डुवार्स:गोरखालैंड अन्दोलनको निम्ति गणतान्त्रिक ढंग मा चलिरहेको पहाड़ बन्ध लाई केन्द्र गरेर राज्य सरकारको मुख्यमन्त्री ममता बनेर्जी ले जुन प्रकारको वर्ताव गर्दैछिन, त्यसको प्रत्युत्तर मा गोजमुमोले पनि अझ कठोर बनेर आन्दोलन गर्ने संकेत दिएको छ।मुख्यमंत्रीले गोजमुमो लाई बन्द समाप्त गर्ने 72 घंटाको अल्टीमेटम दिन साथै आन्दोलन नरोकिएमा कड़ा कार्वाही गर्ने मंतव्य दिएका थिए। फलस्वरूप पहाड़ मा आन्दोलन  ले हिंसात्मक रूप धारण गर्नसक्ने सम्भावनालाई नकार्न सकिन्न। शान्त भएर बसेका डुवार्स का मोर्चा समर्थक हरु भित्र यतिखेर गोरखालैंड आन्दोलन ले विस्तारै पोल्न थालेको छ। यदि राज्य सरकारले पहाड़ मा दमन नीति चलाए त्यसको प्रतिक्रिया सोझै डुवार्स मा देखा पर्ने सम्भावना छ। राज्य सरकारले आन्दोलन दबाउनको निम्ति थुप्रै षड्यन्त्र का जाल हरु फ्याकेको छ जसले गर्दा पहाड़ अझ उतप्त बनेको छ। पहाड़ लाई पोलेको आगोले डुवार्स र तराई लाई पोल्दैन भन्नु मुर्खता हो ।

No comments:

Post a Comment